Mahalaxmi Development Bank's Mahalaxmi Corporate Cricket League 2024 launched

June 09, 2024

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिता गरेको  छ । बैंकको ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिताको तेस्रो संस्करण मंगलबार देखि सञ्चालनभएको हो । प्रतियोगितामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सका समूहरु  छन् भने उनीहरुले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, मंगलबार देखि राजधानीमा सुरु भएको  उक्त प्रतियोगितामा २४ वटा समूहको सहभागीता छ । जसमा महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, माछापुच्छ्रे बैंक, प्राइम कर्मसियल बैंक, एनएमबी बैंक , नबिल बैंक, एनआइसी एसिया बैंक, एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, साइन रेसुङगा विकास बैंक, सांग्रीला विकास बैंक र आइसीएफसी फाइनान्सको समूह सहभागी छन् ।

पहिलो चरणमा १२ वटा खेल भइरहेको  छ, जसमा २४ वटा समूहले प्रतिस्पर्धा गर्नेछन् । जसमा महालक्ष्मी विकास बैंक र कुमारी बैंक, लुम्बिनी विकास बैंक र माछापुच्छ्रे बैंक , प्राइम कर्मर्सियल बैंक र एनएमबी बैंक, नबिल बैंक र एनआइसी एसिया बैंक र  माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंकले एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । त्यस्तै लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंक एभरेष्ट बैंक र कामना सेवा विकास बैंक , गरिमा विकास बैंक र आइसीएफसी फाइनान्स, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंक, साइन रेसुङगा विकास बैंक र सांग्रीला विकास बैंक, गरिमा विकास बैंक र एभरेष्ट बैंक र कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्सले एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल आगामी तिन दिन सम्म   सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई खेल सँग प्रत्यक्ष रुपमा जोड्नका लागि उक्त प्रतियोगिता सञ्चालन गरेको  बैंकले बताएको छ । पछिल्लो समय अन्तराष्ट्रियस्तरमा नेपाली क्रिकेटले उच्च पहिचान बनाउदै गएको अवस्थामा क्रिकेटको थप विकासको लागि समेत बैंक तथा वित्तीय क्षेत्र जोड्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।

Quick Access