Saturday December 21, 2024
वि.सं २०८१ पुष ०६ शनिबार
Saturday December 21, 2024
वि.सं २०८१ पुष ०६ शनिबार

Tie Ups of the bank with different merchants for discounts on various products and services

December 11, 2024

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।    
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

क्र.स संस्थाको नाम ठेगाना सेवाहरु छुट
स्काईवाक टावर (वन्डर्स नेपाल प्रा.लि.) कमलादी, काठमाण्डौं स्काईवाक टावर प्रवेश शुल्क १५ प्रतिशत
चेरिस गु्रप प्रा.लि. विशलनगर, काठमाण्डौं खाना तथा पेय पदार्थ १५ प्रतिशत सम्म
अमैचा सानेपा, ललितपुर कपडा खरिद १० प्रतिशत
मलाला युनिसेक्स सैलुन प्रा.लि. भैंसेपाटी, ललितपुर ब्युटिसियन सेवा १० प्रतिशत

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ । 

Quick Access